Invitation for Bids for Soil Cutting

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)

बुढानिलकण्ठ नगरपालिका, वडा नं. ७, हेपाली हाइट

फोन नं. ०१४३७०३७३, वेबसाइट: www.kioch.org.np

बोलपत्र नं.: 6/078/79/KIOCH

माटो काटी उठाइ लाने सम्बन्धी बोलपत्रको सूचना

यस काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बुढानिलकण्ठ नगरपालिका, वडा नं. ७, हेपाली हाइट स्थित भवन निर्माण स्थलबाट करिव १५ मिटर उचाइ र १०० मिटर लम्बाइको अन्दाजि ७३,००० घन मिटर परिमाणको बालुवा मिसिएको ढिस्को काटी सफा गरी लैजानु पर्ने कार्य निम्न सर्तहरूको अधिनमा रही के कति दरमा वा एकमुष्ट रकम दिएर लान सकिने हो, सबैभन्दा बढी रकम कबोल गर्ने बोलपत्र दातालाई नियमानुसार छनौट गर्ने गरी यो बोलपत्र सम्बन्धी सूचना जारी गरिएकोले यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ३० (तीस) दिनको ४:०० बजेभित्र सो कार्य गर्न योग्यता पुगेका इच्छुक फर्म/कम्पनीबाट अद्यावधिक गरेको इजाजत प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र,  आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी बुझाइ इन्स्टिच्युटको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न र ३१ औं दिनको १२:०० बजेभित्र इन्स्टिच्युटको कार्यालयमा आ–आफ्नो दररेट पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासनमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

सर्तहरू:

  • बोलपत्र दाताले आफूले कवोल गरेको रकमको ५० प्रतिशत रकम सम्झौता गर्न आउँदा यस इन्स्टिच्युटको सानिमा बैंक लिमिटेड, नक्सालमा रहेको चल्ति खाता नं. ००१०१००१०००२०६३ मा दाखिला गरको भौचर समावेस गर्नु पर्नेछ र बाँकी ५० प्रतिशत रकम कार्य सुरू गरेको १ महिना भित्र बुझाउनु पर्ने छ ।
  • बोलपत्र फारम यस इन्स्टिच्युटको सानिमा बैंक लिमिटेड नक्सालमा रहेको चल्ति खाता नं. ००१०१००१०००२०६३ मा रू १,००० (फिर्ता नहुने) जम्मा गरेको भौचर पेश गरि खरिद गर्न सकिनेछ ।
  • बोलपत्र दाताले बोलपत्र साथ कवोल गरेको अङ्कको ५ प्रतिशतले हुन आउने धरौटी बापतको रकम इन्स्टीच्युटको सानिमा बैंक, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१  मा जम्मा गरेको वैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिनदेखि गणना हुनेगरी कम्तीमा ९० (नब्बे) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न गर्नु पर्ने छ ।
  • बोलपत्र दाताले उल्लेखित कार्य यसैसाथ हुने यस इन्स्टिच्युटको Soil Stabilization (माटो सुरक्षा) कार्यसँग समन्वय गरी गर्नु पर्नेछ ।

अन्य जानकारीका लागि यस इन्स्टीच्युटको प्रशासनमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।