काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा सञ्चालन गरिने काठमाण्डौ बाल अस्पताल (KATHMANDU CHILDREN’S HOSPITAL) को वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण (Scoping) सम्बन्धी
(प्रथम पटक प्रकासित मिति: २०७७।१२।२४)
बागमती प्रदेश, काठमाण्डौँ जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वाड नं ७, हेपाली हाइट स्थित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ द्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ ।
प्रस्तावकको नाम र ठेगाना |
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, बुढानिलकण्ठ न.पा. ७, हेपालीहाइट, काठमाडौं |
प्रस्तावको व्यहोरा |
यस काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा सञ्चालन गरिने काठमाण्डौ बाल अस्पताल (KATHMANDU CHILDREN’S HOSPITAL) बुढानिलकण्ठ न.पा. , वडा नं. ७, हेपाली हाइटमा करिब २१ बर्ग मिटर,१९५.९८ (४१ रोपनी १० आना ३ पैसा) जग्गामा निर्माण हुनेछ । अस्पताल भुइँ तल्ला सहित ५ तल्लाको हुनेछ भने ५ वटा बेसमेन्टहरु पनि रहनेछन् । यस अस्पतालको जम्मा Built up area २५,०८३ बर्ग मिटर हुने छ । यस अस्पतालमा बालबालिकाहरूका लागिआकस्मिक, वहिरंग, अन्तरंग, फिजियोथेरापी, लेवोरेटरी तथा डाएग्नोसिस लगायत विभिन्न सेवाहरु उपलब्ध हुनेछन् । यस अस्पताल क्षेत्रमा पर्याप्त पार्किङ सुविधा, हरित उद्यान तगायत यथेष्ठ खुल्ला क्षेत्र उपलब्ध छन् । |
प्रभाव पर्ने सक्ने जिल्ला/न.पा |
काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं. ७, |
माथि उल्लेखित प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण (Scoping) गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न.पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाब लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र निम्न ठेगानामा आई पुग्ने गरी लिखित राय सुझाब उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ ।
राय सुझाबको लागि पत्राचार गर्ने ठेगाना:
प्रस्तावकको नाम र ठेगाना |
काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, बुढानिलकण्ठ न.पा. वडा नं. ७, हेपालीहाइट, काठमाडौं, फोन नम्बर: +977-1-4370373 इ-मेल: [email protected], पोष्ट बक्स नं: 6344 |
परामर्शदाताको नाम र ठेगाना |
Enviro-Tech Consult (P) Ltd., नयाँबरेश्वर काठमाण्डौ, नेपाल, फोन नं: ०१-४१०९८१५ |
दिपेन्द्र खड्का
परियोजना संयोजक